Rule 10
पाठ्यक्रम निर्माण
(१) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदको परीक्षाको पाठ्यक्रम निर्माण वा परिमार्जन गर्न देहाय बमोजिमको समिति रहनेछ ।
(क) सचिव, न्याय परिषद्                            – संयोजक
(ख) सह-रजिष्ट्रार, सर्वोच्च अदालत                     – सदस्य
(ग) सह-सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय- सदस्य
(घ) सह-न्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय       – सदस्य
(ङ) सह-सचिव, लोकसेवा आयोग (पाठ्यक्रम हेर्ने)         – सदस्य
(च) आयोगले तोकेको पाठ्यक्रम विज्ञ                   – सदस्य
(छ) सह-सचिव, न्याय परिषद् सचिवालय           – सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको समितिले पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्दा आवश्यकता अनुसार विज्ञहरुलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।